लुट्नु रै’छ फकाएर लुट्यौ

 

लुट्नु रै’छ फकाएर लुट्यौ
छुट्नु रै’छ सताएर छुट्यौ
लुटिँदा रोएँ छुटिँदा रोएँ
आँसुका सबै मूल सुकाएर रोएँ ।

बैँससँगै मातिएका तिम्रा मातहरु
यो ज्यानभरि सलबलाए तिम्रा हातहरु
आफूलाई नै भूलिदिएँ आफ्नै मान्छे भनी
रमाई–रमाई खेलिरह्यौ मलाई खेलौना ठानी ।

लुट्नु रै’छ फकाएर लुट्यौ ….

मनको ढोका खोल्दिएँ चोखो माया भनी
किन चोखो लाग्यो मलाई जाली माया पनि
जता लग्यौ उतै गएँ जे–जे भन्यौ मान्दै गएँ
सबै रै’छन् झूटा–झूटा बल्ल अहिले जानेँ ।

लुट्नु रै’छ फकाएर लुट्यौ …