जुठिएको सिउँदो

 

जुठिएको सिउँदो पनि चोखो चोखो लाग्यो
मायाबिनाको उनको मन भोको भोको लाग्यो
चाहनाको पोको त्यहीँ पोखुँ पोखुँ लाग्यो
हकवालाको हातको फूल खोसुँ खोसुँ लाग्यो ।

कति नाता यस्ता हुन्छन् जबरजस्ती गाँसिरहन्छन्
बिझाउने अँगालोमा एकअर्कालाई कसिरहन्छन्
माया लागि सक्या छैन दया लाग्या पनि हैन
यो के भयो मेरो मन मेरै बसमा छैन ।

जुठिएको सिउँदो पनि चोखो चोखो लाग्यो …

न त उनी मेरी थिइन् न त उनी मेरी होलिन्
बरु उनको पीडा लुकाई उल्टै मलाई आँखा तर्लिन्
व्यर्थै टाउको दुखाउने मलाई केको चासो हो यो
भोलि मलाई बात लाग्ने अर्काको नै नासो हो त्यो ।

जुठिएको सिउँदो पनि चोखो चोखो लाग्यो
मायाबिनाको उनको मन भोको भोको लाग्यो
चाहनाको पोको त्यहीँ पोखुँ पोखुँ लाग्यो
हकवालाको हातको फूल खोसुँ खोसुँ लाग्यो ।