किन किन टाँसिएर बसुँ बसुँ लाग्यो आज

 

केटा : किन किन टाँसिएर बसुँ बसुँ लाग्यो आज ।
केटी : किन किन टाँसिएर बसुँ बसुँ लाग्यो आज ।
केटा : आँखा चिम्ली गाँसिएर
केटी : आँखा चिम्ली गाँसिएर
केटा/केटी : बसुँ बसुँ लाग्यो आज ।

केटी : तिमी भन्छौ बिजी छु म अब जानुपर्छ
जाने कुरा गर्दा मलाई साँच्चै पीर पर्छ ।
केटा : आँखा हुँदै त्यो मनभित्र पसुँ पसुँ लाग्यो आज ।
केटी : चुकुल ठोकी त्यही मनमा बसुँ बसुँ लाग्यो आज ।

किन किन तिमीसँगै टाँसिएर बसुँ बसुँ लाग्यो आज
आँखा चिम्ली गाँसिएर बसुँ बसुँ लाग्यो आज ।

केटा : एकैछिन है भन्दा भन्दै दिनै बित्दै गयो
थाहै नपाई अँध्यारोले हामीलाई थिच्दै गयो ।
केटी : नछुटिने साङली पारी कसुँ कसुँ लाग्यो आज
दुइटा ज्यानलाई एउटै पारी बसुँ बसुँ लाग्यो आज ।

केटी : तिमीसँगै टाँसिएर बसुँ बसुँ …।
केटा : तिमीसँगै टाँसिएर बसुँ बसुँ …।